श्री लक्ष्मीनारायणसंस्कृत गुरुकुलम्

 


गुरुकुलको बारेमा संक्षिप्त परिचय

श्रीमद्उभय वेदान्त प्रवर्तकाचार्य श्रीमद् परमहंस परिव्राजकाचार्य श्रीमन्नारायण चिन्न जीयर स्वामीजीको मङ्गलाशासनद्वारा विक्रम सम्बत् २०४९ सालमा श्रीलक्ष्मीनारायण मन्दिर भित्र मन्दिर व्यवस्थापन समितिद्वारा यस संस्कृत गुरुकुलको स्थापना भएको थियो। संस्कृत भाषालाई हामी देवभाषा सुरवाणी अमरवाणी आदि विभिन्न नामले जान्दछौ संसारकै सबै भन्दा पुरानो यो भाषा वैदिक सत्य सनातन धर्मको वीज हो। संस्कृत भाषा लोप हुनु नै सनातन धर्म धराशायी हुनु हो। विभिन्न समयमा यस भाषालाई समाप्त पार्ने प्रयास गरियो जसको सिधा उद्देश्य सनातन धर्म माथिको प्रहार थियो। कुनै क्षेत्रलाइ ध्वस्त पार्नु छ भने पहिला त्यहाको धर्मसंस्कृतिलाई ध्वस्त पार्ने गरिन्छ संसारकै प्राचीनतम भाषालाई अहिले लोपोन्मुख गराउने प्रयास भई राख्दा हाम्रो सत्य सनातन वैदिक धर्मको संरक्षण गर्नु हाम्रो कर्तव्य हो तसर्थ यस गुरुकुलले संस्कृत भाषालाई नै मुख्य विषय बनाएको छ। सुरुवातमा वेद, कर्मकाण्ड, संस्कृत व्याकरणबाट सुरु भएको यो गुरुकुलमा अध्ययन गर्ने त्यस वेला का विद्यार्थी हाल नेपालका विभिन्न विद्यालय विश्व विद्यालयमा विभिन्न क्षेत्रमा वैदिक सनातन धर्मको सेवामा अहर्निश खटि रहनु भएको छ। २०४९ साल देखि यता श्री घनश्यामाचार्य , श्रीगोविन्दाचार्य, श्री वाशुदेव दाहाल, श्री घनश्याम पोख्रेल , श्रीरामानुज नेपाल , श्रीबलराम कोइराला , श्रीखगेन्द्र कोइराला गुरुजीहरूद्वारा यस गुरुकुलमा अध्यापन गरियो। २०६९ साल देखि श्री आचार्य रामानुज नेपाल स्वामीजीको प्रेरणाबाट श्रीमणिराम गुरागाई र श्रीदेवराज सुवेदीको प्रयासमा अनेकन कठिनाइमा जिल्ला शिक्षा कार्यालय विराटनगरले कक्षा ६ माग गर्दा कक्षा १ को अनुमति प्राप्त भयो र श्रीलक्ष्मीनारायण वेद विद्याश्रम पाञ्चालीमा परीक्षा दिने गरी यहाँ कक्षा १० सम्मका छात्र राखी प्रधान अध्यापकमा श्री तुलसी पौडेल नियुक्त गरी श्री कृष्ण प्रसाद पौडेल श्री धर्मराज भट्टराई श्री परकाल दाहाल सुधा भण्डारी आदि शिक्षकद्वारा अध्यापन हुदै आएको थियो। समयको माग अनुसार २०७४ सालमा प्रधान अध्यापक देवराज पौडेल , नियुक्त गरी हाल २०८० सम्ममा वर्तमानमा कक्षा ८ सम्म स्वीकृति भए पछि पाञ्चाली गुरुकुलमा कक्षा ९ र १०को परीक्षा दिने सहकार्यमा कक्षा १० सम्म वेद , व्याकरण, कर्मकाण्ड, संस्कृत भाषा र आधुनिक विषय नेपाली, सामाजिक गणित अंग्रेजी पठन पाठन हुदै आएको छ।